सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ अस्पतालका मेसुमाथि कुटपिट

रूपन्देही | मंसिर १३, २०८०

सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ अस्पतालका मेसुमाथि कुटपिट

बुटवलको दिपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ।

 

अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको हो।

 

मृतकका आफन्तको कुट‍पिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गएराती २ बजे उनलाई ‍अस्पताल  पुर्‍याइएको थियो। अहिले सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको अस्पतालले जनाएको छ।  ती सुत्केरी भएको दुई दिनमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ। 

 

गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो। उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर,  सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो। 

 

उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

 

उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको घटनास्थलमा उपस्थित एक चिकित्सकले जानकारी दिए। मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ। बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ।    

 

अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ। मृतक महिलाको शव भने शववाहनमै रहेको प्रहरीले जनाएको छ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ । रास्वपा सभापति लामिछाने र काठमाड...

थप पढ्नुहोस्

लमजुङ:   बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।   बेंसीशहर नग...

थप पढ्नुहोस्

लेखनाथ:   पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१ औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ ।   देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अ...

थप पढ्नुहोस्